दाङको शान्तिनगरदेखि सल्यान जोड्ने सडकमा ३ करोड, अपारद्वारा सिलन्यास

तुलसीपुर
२ फागुन । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित शहीद लक्षमण गेटदेखि सल्यानको कालापोखरा जोड्ने सडककालागि ३ करोड बजेट परेको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’को पहलमा उक्त क्षेत्रमा बजेट परेको हो ।

सोही बजेटबाट काम सुरु भएको छ । आईतबारदेखि काम सुरु भएको हो । उक्त कार्यको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य अपार, लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली, पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारीले सिलन्यास गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले उक्त सडक एतिहासिक महत्व रहेकाले समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । साथै स्थानी जनप्रतिनिधि तथा नागरिकलाई पनि विकास निर्माणमा सहयोग गर्न आग्रह गरे । सबैको सहयोगले नै विकास निर्माणको कामल गति लिने भन्दै विकासमा कसैले पनि अबरोध नगर्न आग्रह समेत गरे । सधै आफूहरु विकासकै पक्षमा रहेको र नियमित जनताकै काममा रहेको समेत उनको भनाई थियो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्य मन्त्री विमला वलीले माओवादीले विकास गर्ने तर, प्रचार नगर्ने बताईन् ।‘माओवादीले विकास गर्छ, तर, प्रचार गर्दैन, तर, अरुले विकास भन्दा धेरै प्रचार गर्ने गर्छन’,उनले भने‘धेरै ठाउँमा त माओवादीले गरेको विकासलाई पनि आफूले गरेको भन्दै प्रचार गर्ने गरेको पनि पाईन्छ ।’

त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर अमिर सुवेदीले असार मसान्त भित्र काम सक्ने गरि सम्झौता भएको बताए । सोही अनुसार काम अघि बढ्ने उनको भनाई छ । उक्त सडकमा ग्राभेल हाल्ने, कटिङ गर्ने, नाला निर्माण गर्ने लगायतका कार्य हुनेछन् । सडक ८ मिटर चौडा हुनेछ । उक्त सडक निर्माण कार्यमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरे । सडक निर्माणको जिम्मा जय केजे निर्माण सेवाले लिएको छ ।


सडक निर्माण कार्य सुर भएपछि स्थानीयहरु खुसी भएका छन् । स्थानीय तथा माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष नेपबहादुर रोकाले सडक निर्माण सुरु भएपछि यसले जनतामा उत्साह छाएको बताए ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय लेखा समिति सदस्य रामबहादुर दहित, प्रदेश कमिटि सदस्य खर्के सुनार, पार्टीका शान्तिनगर गाउँ कमिटि सचिब पिमलाल वली, शान्तिनगर २ का वडाध्यक्ष फर्साराम डाँगी, वडा नं. १ का अध्यक्ष जंगबहादुर पुनलगायतको सहभागिता रहेको थियो । उक्त स्थानमा अर्थ मन्त्रालयबाट बजेट परेको हो ।

No description available.

No description available.

No description available.