तुलसीपुरमा अटो दुर्घटना हुँदा ७ जना घाईते, अटोमा ९ जना सवार

तुलसीपुर, २६ वैशाख । दाङको तुलसीपुरमा ९ जना सवार अटो पल्टिदा ७ यात्रु घाइते भएका छन् ।

तुलसीपुर-१९ खरखरे नजिकै अटो रिक्सा पल्टिदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-८ कटकुइया निवासी २७ वर्षकी निर्मला चौधरी, तुलसीपुर -८ दुधेना निवासी १८ वर्षका उमेश चौधरी, कुसुम चौधरी, ८ वर्षकी उषा चौधरी, तुलसीपुर-५ बसपार्क निवासी ३० वर्षकी सुस्मिता चौधरी, तुलसीपुर-८ निवासी २८ वर्षकी अनिता चौधरी, दंगीशरण गाउँपालिका-५ खलुवाचिस निवासी १७ वर्षकी अञ्जली चौधरी रहेका छन् ।


रा १ ह ३१९१ नम्बरको अटो पल्टिएको हो । प्रहरीका अनुसार चालक ४५ बर्षीय हिरालाल चौधरीले मादक पदार्थ खाएका थिए । चालक र एक जना यात्रु भने सकुसल रहेका छन् ।

अटोलाई बिजौरी प्रहरीको नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ । छिल्लीकोट पुगेर फर्किदै गरेका यात्रुहरु बिचबाटोमा अटोमा चढेको ५ मिनेटपछि पल्टिएको थियो ।