गीता स्मृति फाउन्डेसनको पहिलो अधिबेशन तथा चारजना छात्रा पुरस्कृत

ईश्वरीप्रसाद गैरे,
दाङ, २६ बैशाख ।
गीता स्मृति फाउन्डेसनको पहिलो अधिबेशन तथा साधारणसभा घोराही– ३ गोग्लीमा सम्पन्न भएको छ । फाउन्डेसनका अध्यक्ष नरेन्द्रबहादुर बन्जाडेको अध्यक्षतामा सम्पन्न अधिबेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य के बि गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

आफ्नो मन्तब्यका क्रममा केबि गुरुङले समाजको सांस्कृतिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि गिता बन्जाडेले पु¥याउनु भएको योगदानको चर्चा गर्दै उहाँलाई जिबन्त राख्न यस फाउन्डेसनले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । त्यसैगरी बिशिस्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य हिरामणी दुःखीले गिता बन्जाडेको जिबनगाथा बारे चर्चा गर्नुका साथै पुरुष प्रधान मुलुकमा महिलाको योगदानको कदर कमै हुने गरेको बताउनुभयो ।

उहाँले गीताको सम्मानमा फाउन्डेसन दर्ता गरेर विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनु भएकोमा त्यसले समाजमा नयाँ संस्कृतिको विकास गर्न मद्दत पुर्‍याएको भन्नुभयो । यस कार्यका लागि फाउन्डेसनमा महत्त्वपूर्ण भुमिका खेल्ने सिङ्गो कार्यसमिति तथा ब्यक्तिगत रुपमा नरेन्द्र बन्जाडेलाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।


सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता बिक्रम, नेकपा माओबादी केन्द्रका घोराही नगर समिति सदस्य सुमन रोका मगर, घोराही–३ का वडा सदस्य सुखराम चौधरी, मा बि डाँडागाउँका स.प्रअ बिष्णु प्रसाद खनाल, मा बि झिङनीका प्र अ बिष्णु प्रसाद शर्मा, रात्री प्राबि बेलुवाका प्रअ लक्ष्मीमान चौधरी लगाएतका वक्ताहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा तिला चौधरी, एलिशा शर्मा, मनिशा सुनार र युनिशा चौधरीलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रम पश्चात् सम्पन्न भेलाबाट नरेन्द्र बहादुर बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसको सचिवमा ईश्वरीप्रसाद गैरे, कोषाध्यक्ष कोपिला बन्जाडे, सदस्यहरुमा सुशीला आचार्य, निरुता वली, सिर्जना बेल्बासे, तिलक बिक, सोबिता कार्की र देवा बिष्ट सर्वसम्मतबाट निर्बिचित हुनुभएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य फाउन्डेसनका सदस्य सुशीला आचार्यले गर्नुभएको थियो भने सञ्चालन फाउन्डेसनका सचिब ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो ।