सूर्य चिन्ह हेरेर जानेहरु विवेकहीन मान्छे हुन् : विस्वासी

दाङ
१९ भदौ / नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य भागवत विस्वासीले चिन्हका पछि कोही पनि नलाग्ने बताएका छन् । युवा संघ नेपाल दाङ क्षेत्र नं. ३ ले शनिबार तुलसीपुरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले अहिले सूर्य चिन्ह जता गयो, जनता पनि त्यतै जाने भनेर भ्रम फैलाएको भन्दै चिन्हका पछि जाने भनेको विवेकहीन मान्छे मात्रै रहेको बताए ।

‘ कोही पनि चिन्हको पछि लाग्नेवाला छैनन्, सूर्य चिन्हले न हाम्रा वुवा आमाको रक्षा ग¥यो, न त हाम्रो नै रक्षा ग¥यो’, उनले भने‘त्यसैले सूर्यका पछि लागेर कोही पनि जानेवाला छैनन्, चिन्हको पछि लाग्ने त सिर्फ विवेकहीन व्यक्ती, चाकडी गर्ने, चाप्लुसी गरेर खाने, दासहरु मात्रै लाग्छन् ।’

विवेकशिल मान्छेहरुले चिन्ह भन्दा पनि सिद्धान्त, विचार, मूल्य, आर्दश, एजेण्डा, विषयबस्तु रोज्ने समेत उनको भनाई थियो । त्यसैले कसैले पनि सूर्य चिन्ह र एमाले जता हुन्छ, त्यतै जनता जान्छन्, भनेर जनताको आँखामा छारो हाल्न खोज्नु गलत रहेको बताए । सूर्य चिन्ह र एमालले जनताको निमित्त केही पनि काम गर्न नसकेको भन्दै आफूहरुले एकीकृत समाजवादी पार्टी निर्माण गर्नु परेको समेत उनको भनाई थियो ।

उनले पार्टी निर्माण गर्ने जिम्मा युवाहरु रहेको समेत बताए । दुई तिहाइको सरकार विघटन गर्ने जस्ता घृणित कार्य गर्ने एमाले विरुद्ध नेतृत्वले आँटका साथ संघर्ष गरेको भन्दै अब पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।


साथै उनले आगामी निर्वाचन जित्ने भनेको एकीकृत समाजवादी पार्टी नै रहेको बताए ।‘ धेरैले यो पार्टी चुनाबमा सकिन्छ भनेर भन्ने गरेका छन्, अब चुनाब जित्ने भनेको एकीकृत समाजवादी पार्टी नै हो’, उनले भने‘ यो कुरा धेरैलाई पत्यार लागेको छैन्, हामीले कहिल्यै नहार्ने गरि चुनाब जित्ने तयारी गरिरहेका छौं ।’

युवा संघका क्षेत्रीय संयोजक हरिष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नेता सुरामनी बेल्वासे, चुर्ण वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।  कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिब सम्राट भण्डारीले गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'