तुलसीपुर १२ का ४१ विपन्न विद्यार्थीलाई पाेशाक र शैक्षिक सामग्री

तुलसीपुर,१५ वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का ४१ विपन्न विद्यार्थीहरूलाइ‌ पाेशाक र शैक्षिक सामग्री वितरण गरिएकाे छ ।

आर्थिक अभाबकै कारण विद्यार्थीकाे पठन पाठन अबराेध नहाेस्, भनी शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाइ उक्त सहयाेग गरिएकाे वडाध्यक्ष खुसीराम चाैधरीले बताए ।


वडाध्यक्ष चाैधरी,सदस्य शेषमणी भण्डारी, धनराज गाैतम, कमला घर्ती, सचिब गणेश आचार्यलगायतले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रम सहजीकरण वडाका लेखा प्रमुख उषा भुषालले गरेकी थिइन ।