संस्कारसहितको शिक्षा आजको आवश्यकता : प्रमुख चौधरी

दाङ, १३ माघ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिनु भएको छ । समाजलाई कता लैजाने भन्ने कुराको निर्भर शिक्षकमा हुने पनि उहाँले बताउनु भयो । ज्योतिष्मती विद्यापीठ लमहीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

शिक्षासंगै संस्कारको पनि विकास गर्ने तर्फ सबैको चासो र चिन्ता हुन जरुरी रहेको नगर प्रमुख चौधरीको भनाई छ । राष्ट्रिय अन्तरास्ट्रिय बजारमा कुन प्रविधिको माग छ ? त्यो कुराको मध्यनजर गर्दै शिक्षण सिकाईलाई जोड दिन नगर प्रमुख चौधरीले भन्नू भयो । तुलसीको मठमा पानी सोच्ने गरि वैदिक हवनद्वारा उद्घाटन गरिएको थियो ।

त्यस्तै लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर केसीले बताउनु भयो । कक्षा कोठाको घोकन्ते पढाईले मात्र गुणस्तरीय शिक्षा हासिल हुन नसक्ने बताउनु भयो । शिक्षक इमानदार हुन जरुरी छ, अभिभावक सचेत बन्न आवश्यक छ र हाम्रा बालबालिका लगनशील हुनु पर्छ अनि मात्र सबैको लगानीले प्रतिफल पाउछ”- केसीले भन्नू भयो । वार्षिक शैक्षिक प्रगती विवरण विद्यालयका प्रधानाध्यापक नारायण भुसालले प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयका अध्यक्ष बसन्तराज अधिकारीले आफ्नी आमा स्वर्गीय जिवादेवी अधिकारीको सम्झनामा स्थापित अक्षयकोष “ज्योतिष्मती आमा सम्मान” कार्यक्रमबाट दुई जना आमालाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।


कक्षा १० मा अध्ययनरत छात्रा सार्थकता पाण्डेकी आमा गायत्री थापा र बुवा रुपलाल पाण्डे, कक्षा १२ मा अध्ययनरत अमिशा पराजुलीका बुवा माधब पराजुली र आमा अम्बिका पौडेललाई सम्मान गरिएको छ ।

चेतना विकास फाउन्डेसनका सिईओ कमल सिलवाल, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा लगायतले बोल्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराई र शिक्षिका लक्ष्मी सुवेदीले गर्नु भएको थियो भने विद्यालयका सल्लाहकार शरद कुमार शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।