पार्किङ गरि राखेको मोटरसाईकल चोरी

तुलसीपुर, ६ वैशाख ।
दाङको तुलसीपुर ५ नयाँबसपार्क स्थित राप्ती प्राबिधिक रतननाथ शिक्षालयमा पार्किङ गरि राखेको मोटरसाईकल हराएको छ ।

प्रगतिनगर टोल आलुमन्डी नजिक रहेको उक्त शिक्षालयको कोलियामा पार्किङ गरि राखेका टिभिएस कम्पनीको रा २ प ६३२० नम्बरको मोटरसाईकल हराएको हो ।


बुद्धिराम चौधरीको नाममा रहेको उक्त मोटरसाइकल मंगलबार राति ७ बजेतिर चोरी भएको प्रहरीले बताएको छ । उक्त मोटरसाईकलको खोजी कार्य भइरहेको छ ।