त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लिद्धारा छात्रवृति

टेकराज भण्डारी,
तुलसीपुर, ६ बैशाख ।
तुलसीपुर स्थित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि ले ना ६ ख ६४३२ नम्बर गाडी दुर्घटनामा परि मृत्यु भएका राजेश सुनारका छोरा आदित्य सुनारलाई कक्षा १० सम्म छात्रवृत्तिमा पढाउने भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै यातायातले कुसुममा दुर्घटना परि मृत्यु भएका राजेश सुनारका छोरा आदित्य सुनारलाई छात्रबृति दिने भएको हो ।


त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि का अध्यक्ष सुरेश हमालका अनुसार हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने आदित्य सुनारकि आमासंग सहमति भएको बताएका छन् । आदित्य सुनारलाई १०० प्रतिशत छात्रवृति प्रदान गरिने भएको छ ।