मावि रझेनामा नमुना संसद अभ्यास

आकाश ओली
दाङ,५ वैशाख ।
दाङमा नमुना संसद अभ्यास भएको छ । माध्यमिक विद्यालय रझेना घोराही दाङको आयोजनामा सोमबार जिल्ला स्तरीय नमुना संसद अभ्यास भएको हो । बिद्यालयका प्रधानाध्यापक उद्वब न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नमूना प्रतिनिधिसभा सदस्य मेनुका पोख्रेल,विशिष्ट अतिथिमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसी, घोराही १८ का वडाध्यक्ष भरत अर्याल लगायत बिद्यालयका शिक्षकहरुको आतिथ्यमा कार्यक्रम भएको हो ।

कानुन संङ्काय कक्षा ११ र १२ का सम्पूणर् बिद्यार्थी तथा तुल्सिपुर मेटो कलेजका बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो।

कार्यक्रमको प्रशिक्षण तथा सभामुखको भुमिकामा नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय सदस्य घनश्याम बिस्वकर्मा रहेका थिए । प्रधानमन्त्रीको भूमिका आकाश ओलीले निर्वाह गरेका थिए ।


त्यस अवसरमा प्रेम बिस्वकर्मा उत्कृष्ट बक्ता तथा ममता आचार्य उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका छन् । कार्यक्रममा सहभागी सम्पुणर् बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको बिधालयका पअ उद्दव न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा “नेपालको संघिय संसदीय अभ्यास“,“संसदीय कार्यशैली एवं कार्यसुचि“,“व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी“,“कानुन निर्माण प्रक्रिया, संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया लगाएतका बारेमा अभ्यास गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुणर्मा बिद्यालयका प्रअ न्यौपानेले धन्यवाद व्यक्त गरेका थिए ।