उपमहानगरकै बस्तिका पीडा

दीपक बोहरा,
तुलसीपुर,५ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं. १ का विकट बस्तिहरुमा अझै पनि प्रभाबकारी रुपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रुपमा चिनिने वडा नं. १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाले पाउने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताउनुभयो । “हामी उपमहानगरपालिका भन्छौं, तर, राम्रो सडक छैन, धेरै ठाउँ विद्युत पुगेको छैन”,उहाँले भन्नुभयो“तर, हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अबस्था छैनौं ।”

वडा नं. १ मा मात्रै ५/७ वटा त्यस्ता बस्ति रहेको उहाँले बताउनुभयो । त्यहाँ तत्काल विद्युत, खानेपानी, सडक पु¥याउनु पर्ने अपरिहार्य रहेको तुलसीपुर १ का अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।


ति गाउँमा करिब २ सय बढि घर परिवार रहेका छन् । उपमहानगरपालिका भित्रका यस्ता बस्तिलाई लक्षित गर्ने विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।“अझै पनि उपमहानगरपालिकाका बिकट–बिकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अबस्था छैन”,उहाँले भन्नुभयो“ति बस्तिहरुमा लक्षित गरि विकास पु¥याउन हामी पहल गर्छौ ।”

सडक,खानेपानी, शिक्षा,स्वास्थ्यजस्ता कुराहरुलाई बढि प्राथमिकता दिने उहाँको भनाई छ । सडक सञ्जाल नहुँदा बजार आवत जावत गर्न पनि निकै कठीन हुने गरेको तुलसीपुर १ बयाले निवासी चक्रपानी उपाध्यायले बताउनुभयो ।“बजार आउने–जाने काम परिरहन्छ”,उहाँले भन्नुभयो“सडक सञ्जाल गतिलो नहुँदा हिडेरै बजार जानुपर्छ ।” ति गाउँमा सडकको ट्रयाक खोलिएको भएपनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नती हुन सकेको अबस्था छैन ।