दाङमा सशस्त्रका सहायक हवलदारले आफैलाई गाेली हाने, घटनास्थलमै मृत्यु

दाङ,३ वैशाख ।
दाङ तुलसीपुर स्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्।  आईतबार बेलुका साढे ८ बजेतिर आफैलाई गाेली हान्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरि निवासी सहायक हवलदार ३५ वर्षीय बसन्त केसीकाे घटनास्थलमै मृत्यु भएको हो।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४/५ दिन पहिले मात्रै आएका थिए । डिउटिमै रहेका केसीले आफैलाई गाेली हानेकाे विषयमा थप अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । केसी यस अघि ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए ।