मास्कीद्वारा ट्रस्टपुल सिलन्यास

तुलसीपुर,३ वैशाख ।
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की(राजेश)ले बबई ५ स्थित चाँदनीघाट राजीखहरे खोलामा निर्माण हुन लागेको पुलको सिलन्यास गरेका छन् ।

आईतबार एक कार्यक्रमका बीच सांसद मास्कीले सिलन्यास गरेका हुन् । लुम्बिनी प्रदेशको ३० लाखको लागतमा उक्त पुल निर्माण हुन लागेको हो । त्यस अवसरमा मास्कीले ठाउँ-ठाउँमा पुल नहुँदा नागरिकले सास्ती भोग्नु परेको भन्दै पुल निर्माण कार्यलाई तिब्रता दिने बताए ।


उनले ट्वाङखोलामा पनि तत्काल पुल निर्माणको प्रक्रिया अघि बढ्ने बताए ।