सभामुख तथा उपसभामुखको निर्वाचन ७ र ९ माघमा

काठमाडौं, २२ पुस ।
सभामुख र उपसभामुखको निर्वाचन ७ र ९ गते प्रस्ताव गरिएको छ। कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यस विषयमा लगभग सहमति जुटेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न बसेको सर्वदलीय बैठकबाट बाहिरिँदै लेखकले यस्तो दाबी गरेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्नका लागि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले यो बैठक बोलाएका छन्।


प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ। जारी बैठकमा सरकारले लिने विश्वासको मत, बैठकमा सभामुख चयन, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने कार्यतालिका छ।