नयाँ बर्षमा गणेशपुरमा कृष्ण रेउलले नचाए दर्शक

तुलसीपुर,१ वैशाख ।
नयाँ बर्ष २०८० को अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर पार्कमा सांस्कृतिक कार्यक्रम भएको छ । पार्क स्थित किड्स सेभेन चिल्ड्रेन पार्क प्रालिको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा कृष्ण रेउले, माधवी जीएम, निर्मला मगरलगायत अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए ।

त्यस क्रममा रेउलेले पार्कमा सहभागि दर्शनहरुलाई छमछमी नचाएका थिए । प्रालिका अध्यक्ष मन्जित पुनको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद गेहेन्द्र गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले पार्कलाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपूणर् भूमिका निर्वाह गर्ने बताएका थिए ।


तुलसीपुर चेम्बर अफ कमर्शकाका उपाध्यक्ष बेनु अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जीसी, पार्क ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।