नयाँ बर्षको दिन गणेशपुर पार्कमा साढे ३ लाख बढि आम्दानी

तुलसीपुर,१ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित राप्ती शान्ति उद्यान(गणेशपुर) पार्कमा नयाँ बर्षको दिन साढे ३ लाख बढि आम्दानी भएको छ । पार्क ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीका अनुसार वैशाख १ गते १२ सय बढिले पार्क अवलोकन गरेका थिए ।

                     

पार्क प्रवेश शूल्क र पार्किङ शूल्कसहित गरि साढे ३ लाख बढि आम्दानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।“नयाँ बर्षको दिन धेरै जनाले पार्क अवलोकन गर्नुभएको छ”,उहाँले भन्नुभयो“एकैदिन साढे ३ लाख बढि आम्दानी भएको छ ।”

पार्कमा एकैदिन यति धेरै अवलोकन गर्न आएको यो पहिलो पटक रहेको अध्यक्ष भण्डारीको भनाई छ । विगतमा एकैदिन ७ हजार जति मान्छेले अवलोकन गरेका थिए । तर, अहिले त्यो भन्दा बढिले अवलोकन गरेका छन् । यो बर्ष बुद्धको मूर्ति निर्माण गरेकाले पनि बढिले अबलोकन गरेको हुन सक्ने अध्यक्ष भण्डारीको भनाई छ ।“यो बर्ष बुद्धको मूर्तिपनि भयो”,उहाँले भन्नुभयो“त्यही भएरपनि अवलोकन बढेको हुन सक्ने हाम्रो अनुमान छ ।” पार्कमा प्रवेश शूल्य रु ३० रहेको छ ।


त्यस्तै त्यहाँ किड्स सेभेन चिल्ड्रेन पार्कको आयोजनामा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यसले पनि अवलोकन गर्नेको संख्या बढाएको हुन सक्ने अध्यक्ष भण्डारीले बताउनुभयो । सांस्कृतिक कार्यक्रममा कलाकार कृष्ण रेउलेलगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

त्यहाँ चिडियाखाना हेर्न पनि उत्तिकै भीड लाग्ने गर्छ । चिडियाखानामा चितुवा,जरायो,घोरललगायतका जनावर छन् । त्यस्तै त्यहाँ चितुवा सारेका छन् । १० कठ्ठा जग्गमा जावलाखेल । वाटर फाउन्टेन, झरनासहितको पहाड, रग गार्डेन, चिल्ड्रेन पार्क, घोडा सयर, घोडाको मूर्तिलगायतको अवलोकन गर्न पाइन्छ, भने मनोरम वातावरण पनि छ । त्यसैले पनि त्यस ठाउँ पर्यटकीय हिसाबले उत्तम मानिन्छ । पार्क १६ विघा क्षेत्रफलमा फैलिएको छ ।

गणेपुरपार्कमा जिल्ला बाहिरबाट पनि पर्यटकहरु आउने गरेका छन् । बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट आउने गरेका छन् ।