तुलसीपुरमा शिक्षक सरुवाप्रति विरोध

तुलसीपुर,२८ चैत । तुलसीपुरमा भएको शिक्षक सरुवाका विषयमा विरोध जनाईएको छ ।

तुलसीपुरका करिब दुई दर्जन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुले विरोध जनाएका हुन् । केही दिन अघि विद्यालयबाट शिक्षकहरुलाई काजमा अन्य विद्यालयमा सरुवा गरेको भन्दै यो ऐन, कानुन विपरित रहेको विद्यालय ब्यबस्थापन समिति संघर्ष समितिका संयोजक हिमलाल डाँगीले बताए ।

उनका अनुसार आफू अनुकूलका मान्छेहरुलाई एक विद्यालयबाट अर्को विद्यालयमा काज सरुवा गरिएको भन्दै उनीहरुलाई हाँजिरी लगाउन नदिने बताए । सरुवाकालागि विद्यालय ब्यबस्थापन समितिसंग पनि समन्वय नभएको उनको भनाई छ ।


काज सरुवा गरिएका कार्यलाई तत्काल नरोके विरोधलाई शसक्त बनाउने उनले बताए । शिक्षक न्यून भएका स्थानबाट सरुवा गर्दा त्यहाँको पठन-पाठनमा निकै असर गर्ने भएकाले यस तर्फ नगरले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

उपमहानगरपालिका ऋणमा डुबेको अबस्थामा अनुदान शिक्षक भर्ना गरेर अहिले खाली रहेका ठाउँमा शिक्षक पूर्ति गर्ने गरि तयारी गरेको समेत उनले बताए । डाँगीका अनुसार तुलसीपुर १४ स्थित भोजपुर माविबाट ४ जनासहित मावि विजौरी,मावि मानपुर, महेन्द्र मावि, सेन्टर मावि, बनगाउँ आधारभूत विद्यालयलगायतबाट शिक्षकहरु काजमा सरुवा गरिएको छ ।