टरिगाउँ एयरपोर्टलाई व्यबस्थापनकालागि केपी ओलीसंग छलफल

तुलसीपुर
१ असोज / दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट व्यबस्थापनकालागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गरिएको छ ।

एमाले दंगीशरणका सचिब रेशम वलीसहितका व्यक्तीहरुले केपी ओलीसंग छलफल गरेका हुन् । त्यस अवसरमा वलीले टरिगाउँ एयरपोर्टको भाडा घटाउनु पर्ने, नियमित उडान भर्नुपर्ने, रनवे विस्तार गर्नुपर्ने, ईन्धन डिपो निर्माणको कामलाई तिब्रता दिनुपर्ने लगायतका माग राखेर छलफल तथा भेटघाट गरेका हुन् ।


त्यस अवसरमा अध्यक्ष ओलीले यो विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएका थिए । साथै राष्ट्रियसभा सदस्य कोमल वलीसंग पनि उनले भेटघाट गरेका थिए ।  भेटघाटमा सांसद वलीले टरिगाउँ विमानस्थलको स्तरउन्नतिकालागि पहल गर्ने बताइन् ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'