थप ९९ जनामा कोरोना संक्रमण, ३७३ जना संक्रिय संक्रमित

काठमाडौं, २४ चैत ।
पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५ नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन्।


यस्तै ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै कोरोनाबाट २६ जना निको भएर घर फर्किएका छन् ।

यसअघि बिहीबार ८५ जनामा कोरोना संक्रमण देखिएको थियो ।