हापुरेमा शारीरिक अपांगता परिक्षण सम्बन्धि घुम्ति शिबिर सम्पन्न

राम प्रसाद सुवेदी,
हापुरे १९ फागुन ।
दाङको बबई गाउपालिकाे हापुरेमा १ दिने निशुल्क घुम्ती  शिबिर सम्पन्न भएकाे छ। बबई गाउपालिका र विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपा काभ्रेकाे आयाेजना तथा प्राथमिक स्वास्थ केन्द्र वडा नम्बर ४ हापुरेकाे सम्वनयमा शारीरिक अपांगता परिक्षण सम्बन्धि घुम्ति शिबिर सम्पन्न भएको हाे ।
बबई गाउँपालिका उपाध्यक्ष साबित्रा बिश्वकर्माकाे  अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पाैडेलकाे प्रमुख आतिथ्यता भएकाे उद्घाटन कार्यक्रममा कार्यक्रममा अपाङ्ग मानवअधिकार सरोकार मञ्चका अध्यक्षा भविसरा घर्ति मगर , अपाङ्ग वाल अस्पताल तथा पुनरस्थापना केन्द्रका होम राज केसी लगाएतले बोल्नु भएको थियाे ।
शिबिरबाट ४७ जना १८ बर्ष सम्मका शारीरिक अपांगता भएका बालबालिकाले स्वास्थ परिक्षण गराएका छन् । शिबिरमा २ जनालाई वाकर,३ जनालाई अर्थाेपेडिक सायक सामाग्री,३ जनालाई गुड्ने मेच समेत प्रदान गरिएको छ ।
७ जना वालबालिकालाई भर्ना मिति दिएर अपरेसनका लागि अपाङ्ग वाल अस्पताल तथा पुनरस्थापना केन्द्र बनेपामा रीफर गरिएको छ। रिफर गरिएका ७ जना ढाड,खुट्टा , हात र अन्य शारिरिक समस्या भएका बालबालिका रहेका छन् ।
शिबिरमा  बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख इश्वरा रावत, बबई गाउँपालिकाका प्रेस संयाेजक प्रेम बहादुर राम्जा,चिकित्सक, फिजाेथेरापिस्ट, साहायक सामाग्री प्राबिधिक,नर्सिङ स्टाफ फार्मेसी, मेडिकल रेकर्ड आईटी,गाउँपालिकाका कर्मचारी, स्थानिय स्वयंसेवक, सिबिआर कार्यकर्ता सिबिआर सुपरभाइजर लगायतको उपस्थिति रहेको थियाे ।।