शिक्षण क्रियाकलाप पारिवारिक वातावरणमाः नगरप्रमुख खड्का

तुलसीपुर, २० चैत ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पारिवारिक वातावरणमा शिक्षण गर्नका लागि नवनियुक्त शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाको आयोजनामा नवनियुक्त शिक्षकहरुको पदस्थापना बधाई ज्ञापन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख टीकाराम खड्काले प्रविधिसंग जोडिदै विद्यार्थीहरुलाई पठनपाठनमा आकर्षण गर्न निर्देशन दिनुभएको हो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षा क्षेत्रलाई सुधार गर्दै लैजाने पालिकाको योजना रहकाले सम्पूर्ण नवनियुक्त शिक्षकहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी,सुशासन समितिका संयोजक धर्मराज वली,शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको हो । अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकमा शिक्षा शाखाका मनबहादुर खड्का रहनुभएको थियो । कार्यक्रमको सञ्चालन मदनकृष्ण देवकोटाले गर्नुभएको थियो ।