लमहीका विद्यालयमा दुई दिन गर्मी विदा

प्रिया स्मृती गजमेर
लमही, १६ जेठ ।
अत्याधिक गर्मी बढ्न थालेपछि लमही नगरपालिकाले विद्यालयहरुलाई दुई दिन विदा दिने निर्णय गरेको छ । आज बसेको लमही नगरपालिकाको शिक्षा समितिको बैठकले सो निर्णय गरेको शिक्षा शाखा प्रमुख भवानी गिरीले जानकारी दिनु भयो ।

लमही नगरपालिका तथा लमही नगर शिक्षा समितीका अध्यक्ष जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले भोलि बिहिवार र पर्सि शुक्रबार गरि दुई दिन विदा दिने निर्णय गरेको हो ।


‘बढ्दो गर्मीलाई मध्यनजर गर्दै हामीले विद्यालयलाई दुई दिनको विदा दिएका हौं’ प्रमुख चौधरीले भन्नू भयो । यदि दुई दिन पछि पनि मौसममा सुधार नआएको खण्डमा उक्त विदालाई पुनः थप गर्ने निर्णय भएको छ ।