टरिगाउँ एयरपोर्टलाई बास्तविक एयरपोर्ट बनाउछुः दिपक गिरी

तुलसीपुर, ९ मंसिर ।
प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नंं ३ बाट निर्वाचित काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले टरिगाउँ एयरपोर्टलाई बास्तविक एयरपोर्टका रुपमा विकास गर्ने बताएका छन् । जुन एयरपोर्टमा अहिले साना १९ सिटे जहाज मात्रै बस्न सक्छन् । त्यो एयरपोर्टमा ठूला जहाज बस्न मिल्ने बनाउने उनको प्रतिबद्धता छ । त्यसमा पनि नियमित हवाई सेवा सूचारु हुन सकेको छैन । भाडा पनि महंगो छ । यसलाई सुधार गर्ने उनको प्रतिबद्धता छ ।

त्यस्तै दाङमा चारलेनको विग्रिएको बाटो, पश्चिम दाङका मुख्य तथा सहायक सडकहरु स्तरबृद्धि गर्न बताए । साथै आफूले सफत खाएको तीन दिनमै अस्पतालको सेवा सुधारमा पहल थाल्ने समेत प्रतिबद्धता जनाए । उनले जनताकै बलमा निर्वाचन जितेकाले त्यसको श्रेय जनतालाई नै जाने बताए । आफू निर्वाचित भएको जनताकै कारणले भएकाले केहमी गल्ती गरेमा सुधार गर्न सल्लाह सुझाबको पनि अपेक्षा गरेको बताए ।


उनले नेपालको संविधान, संघीयता,लोकतन्त्र,गणतन्त्र रक्षा गर्न अहिलेको गठबन्धन रहेको समेत बताए । गठबन्धनका तर्फबाट विजयी गिरीसहित ३(१)बाट निर्वाचित प्रदेशसांसद डिल्ली चौधरी र ३(२)बाट निर्वाचित धनबहादुर मास्कीसहितको ¥यालीले बजार परिक्रमा पछि आयोजित सभालाई सम्बोधन गर्दै गिरीले यस्तो बताए ।