समाचार प्रभावः दाङबाट काठमाडौं जाने यात्रुलाई नेपालगञ्ज लिएर अलपत्र पार्ने सीता एयरमाथि छानबिन

दाङ,१९ चैत । दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लिएर अलपत्र पार्ने सीता एयरमाथि छानबिन अघि बढाइएको छ।

चैत १५ गते सीता एयरको जहाजले दाङबाट काठमाडौं जाने केही यात्रुलाई नेपालगञ्ज विमानस्थल लगेर छाडेको कुरा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । उक्त जहाजले यात्रुलाई नेपालगञ्ज छोडेर हुम्ला पुगेको थियो ।


यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गम्भीर ध्यानकर्षण भएको जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको बताएको छ।

प्रालिले दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ’, प्राधिकरणले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ।