तुलसीपुर खानेपानीको विवाद सृङखला

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । गएको फागुन २२ गते निर्वाचन तोकिएको थियो । तर, संस्थाको विवाद उच्च अदालत तुलसीपुरसम्म पुगेपछि त्यो अझै किनारा लागेको छैन । नैतिकताका आधारमा भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले राजीनामा पनि दिए । त्यतिमात्रै नभई कार्यसमिति नै भंग भएको भनि पत्रकार सम्मेलनमा भने । तर, त्यो कुरा आफूहरुलाई जानकारी नभएको र आधिकारिक रुपमा राजीनामा दिएको कुरा संस्थामा नआएको भन्दै अध्यक्ष बाहेकको टिमले पत्रकार सम्मेलन ग¥यो ।

त्यसको विवाद समाधान गर्न तुलसीपुर उपमहानगरपालिकाले पनि सर्वदलिय तथा सर्वपक्षीय भेला आयोजना गरेको थियो । तर, त्यसले निष्कर्ष पाउन सकेको छैन । भेलाले अदालतमा संस्थाका पूर्व कर्मचारी यमुना शाहले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने विषयमा छलफल भएको थियो । तर, शाहले मुद्दा फिर्ता लिएकी छैनन् । कात्तिक १५ गते पेशी तोकिएको छ ।

यसरी परेको थियो मुद्दा

खानेपानीको निर्वाचनकै सन्दर्भमा अधिवेशनको उद्घाटन सत्र सकिएपछि बन्दसत्र सुरु भएको थियो । तर, त्यो बन्दसत्र बहुमत सदस्यले बहिस्कार गरेका थिए । समितिले आर्थिक हिनामिना गरेको, कर्मचारी नियुक्तीमा मनोमानी गरेकोलगायतका कारण देखाउँदै बन्दसत्र बहुमत सदस्यले बहिस्कार गरेका थिए ।

त्यसपछि शाहले उच्च अदालत तुतलसीपुरमा संस्था विरुद्ध मुद्दा दायर गरेकी थिइन । त्यसपछि अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले निर्वाचनको प्रक्रिया अघि नबढाउन भनेको थियो । त्यसयता प्रत्येक पटक पेशी तोकिदै आएको छ । नयाँ नेतृत्व चुन्न संस्थाभित्र सात हजार दुई सय ४६ जना उपभोक्ताले मताधिकार पाएका थिए ।

अध्यक्षको पदवाद राजीनामा

आफू पदमा बसिरहन नैतिकताले नदिने भन्दै अध्यक्ष खेमराज वलीले भदौ ५ गते राजीनामा दिएपछि अहिले नेतृत्व विहीन बनेको छ । तुलसीपुर खानेपानीको संस्थाको विषयमा अख्तियारसम्म पनि उजुरी परेका र संस्थाको कार्यसमितिको अबिधी सकिएको पनि १७ महिना भएको भन्दै लामो समय एउटै पदमा बसिरहन नसुहाउने उनले बताए ।

‘संस्थाका पदाधिकारीको कार्यसमितिका पदाबधी सकिएको तीन महिनासम्म कार्यसमितिका पदावधी थप्न मिल्छ,तर, हाम्रो म्याद थप भएको १७ महिना भइसकेको छ’, उनले भने‘ तर, नयाँ कार्यसमितिकालागि चुनाब पनि सुरसार छैन, तीन कार्यकाल मैले खानेपानीमा सेवा प्रवाह गरेँ, अब नैतिकताका हिसाबले बस्न मिल्दैन्, त्यसैले राजीनामा दिएँ ।’

साथै उनले पछिल्लोसमय कार्यसमिति भित्रकै व्यक्तीले संस्थाका गोप्य कुराहरु बहिर ल्याएर नेतृत्वलाई बदनामित गर्ने गरेको आरोप लगाए । ‘केही व्यक्तीहरुको संस्थालाई अचानो बनाएर व्यक्तीगत लाभ लिने आकांक्षाका कारण उत्पन्न भएको अन्तरविरोधले यो संस्थामा विगत एक बर्षदेखि गत्यावरोध उत्पन्न भएको छ ’, उनले भने ‘कार्यसमिति भित्रकै व्यक्तीले अख्तियारसम्म उजुरी हाल्ने समेत प्रयत्न गरेँ, संस्थालाई बदनामित बनाउने प्रयत्न भयो ।’

उनले खानेपानीकै केही व्यक्तीले ७ हजारको सामानलाई १७ हजार विल बनाएर पनि घोटाला गर्ने गरेको समेत आरोप लगाए । साथै उनले रानीजरुवा मुहानको संरक्षण गर्नुको सट्टा जवरजस्तीबीचबाट बाटो खोली मुहानमा आक्रमण सुरु गर्ने र संस्थाका विरुद्धमा कार्यसमितिमा रहेका व्यक्तीहरुबाट आफूखुसी बाटो निर्माण गर्ने बाहानामा ब्यक्तीगत स्वार्थ परिपूर्ति गर्ने मनसायाले राम्री,चिसापानी, बाख्रे, धैरेनी र छरछरेका मुहनाहरु तहसनहस बनाएको समेत आरोप लगाए । साथै लाखौं रुपैँयाको क्षति हुँदासम्म कार्यसमितिका व्यक्तीहरुले संस्थाको क्षति भएको रकम असूल गर्नुको साटो ठेकेदारसंग मिलेमतो गरि संस्थाको आर्थिक व्ययभार बढाउने काम गरेको समेत बताए । जसमा स्थानीय सरकार पनि मुकदर्शक बन्दा ८÷९ महिनासम्म उपभोक्ताहरु पानीबाट बञ्चित भएको समेत बताए । साथै बर्षादको समयमा खानेपानीका पाईपलाईन बगाउने र उपभोक्ताहरुमा पानी खुवाउन सस्या हुने हुँदा उक्त समस्याको समाधान गर्नुको साटो बदनामी गर्न खोजेको समेत आरोप लगाए ।


अन्य पदाधिकारीहरु एकजुट

तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले केही दिन अघि पत्रकार सम्मेलन गरि कार्यसमिति नै भंग भएको घोषणा गरेपनि कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले भने आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । उपाध्यक्ष,सचिब, कोषाध्यक्षसहित अन्य सबै सदस्यहरुले सूचना जारी गरि यस्तो बताएका हुन् ।‘अध्यक्षद्वारा एकल पत्रकार सम्मेलन गरि राजीनामा घोषणा गरेको तर यस संस्थामा आज सम्म कुनै पनि आधिकारीक पत्र आईनपुगेको छैन’, सूचनामा भनिएको छ ।

कार्यसमितिका उपाध्यक्ष गिरीधारी प्रसाद पौडेल, सचिब मनोज लामिछाने, कोषाध्यक्ष सिताराम शर्मालगायत अन्य पाँच जना सदस्यले हस्ताक्षर गरि संयुक्त सूचना जारी गरेका हुन् ।

कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी

संस्थालाई जिल्ला प्रशासन कार्यालय दाङले कार्य सञ्चालनकालागि अधिकार सुम्पिएको छ । कर्मचारीको तलब खुवाउनकालागि कोषाध्यक्ष सिताराम शर्मा र लेखा प्रमुखलाई जिम्मा प्रदान गरेको थियो । तलब खुवाएको लेखाजोखा राख्न भनि उनीहरुलाई अधिकार प्रदान गरिएको हो ।

त्यसको केही दिन पछि थप अधिकार प्रदान गरेको छ । दैनिक पानीको महसुल वापत संकलन हुने रकमबाट अतिआबश्यक काम सञ्चालन गर्ने गरि अख्तियारी प्रदान गरेको हो । नियमित पानी वितरणकोलागि आबश्यक पर्ने विजुली, टेलिफोन र ईन्धनलगायतका अत्याबश्यक कार्यको अख्तियारी प्रदान गरेको हो ।

अख्तियारी प्रदान गरेपछि आफूहरुलाई निकै सहज हुने कोषाध्यक्ष सिताराम शर्माले बताए । यसले दैनिक कार्यकालागि सहज हुने उनको विश्वास छ । खानेपानीलाई चलायमान बनाउनकालागि जिल्ला प्रशासनले सहज बनाएको सदस्य रञ्जनकुमार गौतमले बताए ।

 

May be an image of one or more people, people standing and text