वडा नंं. ११ को अध्यक्षमा रावत विजयी

दाङ, ९ जेठ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा अध्यक्षमा मान बहादुर रावत विजयी भएका छन् । नेकपा एमालेका रावतले २ हजार ३ सय १२ मत प्राप्तगरी वडाको अध्यक्षमा विजयी भएका हुन् ।


गठवन्धन दलको तर्फका खिमबहादुर वलीलाई ९ सय ५६ मतान्तरले पछि पार्दै रावत वडाको अध्यक्षमा बिजयी भएका छन् । गठवन्धनदलका वलीले १ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।