तुलसीपुरको एक सुनचाँदी पसलमा आगलागी

तुलसीपुर, १८ माघ । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा आगलागी भएको छ ।

पसल बन्द गरेको बेला आगलागी भएको हो ।


अहिले आगो नियन्त्रण ल्याउने प्रयास भइरहेको छ । आगलागीको कारण भने थाहा हुन सकेकाे छैन । अहिले प्रहरी तथा स्थानीयले आगाे नियन्त्रणमा ल्याउने प्रयास जारी राखेका छन् ।