तुलसीपुर ८ का वली सम्पर्क विहीन

तुलसीपुर, २९ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.८ निवासी ३५ बर्षीय कमल वली सम्पर्क विहीन भएका छन् ।

उनी २७ साउनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । परिवारका सदस्य दीपक वलीका अनुसार उनी विहान ७ बजे घरबाट निस्केका हुन् । तर, अहिलसम्म पनि सम्कर्पमा आएका छैनन् ।

उनी बाँके, काठमाडौंलगायतका ठाउँमा हुन सक्ने समेत वलीले बताए ।


उनले कसैले भेटाएमा नजिकको प्रहरी चौकी वा ९८६०६७४१२५मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।