स्वयम सेवक शिक्षक राखेर नयाँ शैक्षिक शत्रबाट मावि सौडियारमा अंग्रेजी माध्यमबाट पढाई सुरु हुने

घोराही, १५ चैत ।
मावि सौडियारमा नयाँ शैक्षिक शत्रबाट अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने तयारी गरेको छ । विद्यालयमा प्ले ग्रुपदेखी नर्सरी, एल केजि, युकेजिसहीत कक्षा ५ सम्म नै अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने गरी तयारी सुरु गरीएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले बताए ।

उनले विद्यार्थि र शिक्षकलाई नियमित गराउन नयाँ शैक्षिक शत्रबाट नै विद्युतिय हाजीरी सुरु हुने भन्दै तत्काल मन्टेश्वरी व्लक निर्माण गरेर नयाँ स्वयमसेवक शिक्षक प्रवन्ध गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार गरीने बताए । खेलकुद र नृत्य शिक्षकको ब्यवस्था गर्नका लागि पनि विद्यालयले योजना बनाएको छ ।


विद्यालयमा अध्ययनरत विद्यार्थिको सख्या अत्यन्तै न्युन भएको भन्दै विद्यालयले वार्षिक परीक्षा सकिए लगत्तै नयाँ भर्ना अभियानमा जुट्ने अध्यक्ष भट्टराईले बताउनु भयो । विद्यालयमा विद्यार्थि सख्या बढाउन सबैखाले योजना अघी बढाइएकाले अभिभावकले एक पटक विश्वास गरेर नयाँ शैक्षिक शत्रका लागि विद्यार्थि भर्ना गरीदिन विद्यालयले आग्रह गरेको छ ।

नयाँ प्रविधिलाई आत्मसात गर्दै प्ले गु्रपदेखी नै खेल्दै, पढ्दै गर्ने विधि अनुरुप मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरुबाट पढाई सञ्चालन गरीने विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरीले बताउनु भयो । विद्यालयमा स्वयमसेवक शिक्षक भई काम गर्न इच्छुक तालिम प्राप्त स्थानियसहीत अन्य शैक्षिक जनशक्तिलाई विद्यालयमा निवेदन दिन पनि सदस्य चौधरीले बताउनु भयो ।