तुलसीपुर साविक राप्तीको ब्यापारिक केन्द्र हो । तर, यहाँ अहिले पनि परम्परागत व्यवसाय छ, अझै पनि आधुनिक शहर बन्न सकेको छैन, यस्तै विषयमा अग्रिम साप्ताहिककर्मी देवराज कँडेलले तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष विमल रिजालसंग गरेको कुराकानी । –सम्पादक
देवराज कँडेल
उद्यम र व्यवसायको सुरूवातको बिन्दु कहाँबाट सुरू हुन्छ ?
व्यवसाय र उद्यमका विभिन्न क्षेत्रहरू हुन्छ । हाम्रो देशमा सजिलै सानो लगानीबाट सुरू गर्न सकिने उद्यम कृषि तथा पशुपक्षिसंग सम्बन्धित हो । कृषि उत्पादन भण्डार र राम्रो बजारीकरण भएमा किसानको आम्दानी बढ्दै जान्छ तर बजारीकरण होस् वा स्थापनाका लागि कागजी प्रक्रिया होस् एकै ठाउँबाट सम्भव छैन जसले गर्दा पनि नयाँ व्यवसायको दर्ता गरी अगाडी बढ्न तथा उद्यमी र कृषक दाजुभाई गाह्रो परिरहेको छ । तर व्यवसायमा अध्ययन अनुसन्धान भन्दा पनि देखासिकी गर्ने चलन छ । जसले व्यवसायको आयु घटाउदै जाने र चार्ड विस्थापित हुने सम्भावना हुन्छ । स्थानीय सरकार र केन्द्रीय सरकारले देखावटी कागजी प्रक्रिया पुरा गरी अनुदान लिने काम तत्काल बन्द गर्नुपर्छ जसले साना किसान दाजुभाईलाई मर्का परि रहेको छ ।
देश नै आयातमा अडिएको छ । व्यापार घाटामा बढेको छ । सरकारले कम्तीमा स्थानीय किसानलाई व्यापारीकरणदेखि अन्य आवश्यक सहयोग गरेमा धेरै राहत हुने थियो । स्थानीय किसानलाई समय–समयमा मैले पनि सकेको सहयोग गर्दैआएको छु ।
तुलसीपुरको बजार बजार जस्तो कहिले हुन्छ ?
बास्तबमा तुलसीपुरको व्यापार परम्परागत सैलीकै छ । अलि फरक र आधुनिक बजार बनाउन आवश्यक छ । देशका केहीका जिल्लाहरूमा नाइट बिजनेस सञ्चालन हुँदै छन् । राम्रो बजार बनाउन धेरै कुराको आवश्यकता पर्छ । व्यवस्थित अटो पार्किङदेखि बाटो र नाला व्यवस्थापन स्थानीय सरकारले गर्न सकेको छैन । निजि छेत्र नयाँ काम गर्छु भनेर मात्र हुदैन । सरकारको कार्यान्वयन योग्य नीति पनि हुनु पर्दछ । केन्द्र र स्थानीय सरकार बलियो भएर निजि क्षेत्रलाई साथ दिएर अगाडि बढेमा बजारले मुहार फेर्न पाउथ्यो ।
तुलसीपुरको बजार पनि अन्य जिल्लाको जस्तै आधुनिक र सुविधायुक्त हुने थियो । आधुनिक बजारको विकासको लागि हामी अध्ययन गर्दै अगाडि बढ्नेछांै। निम्न आए भएका व्यक्तिहरूलाई उद्योग वाणिज्य संघले साथ दिएको छ । यसमा म र उद्योग वाणिज्य संघ पनि साथ मै छ । मेरो कार्यकालमा गरिब दाजुभाइहरूलाई घरमै गएर ५० प्रतिशत अनुदानमा पशुपालन कार्यक्रम अगाडि बढाएका थियौं । किसान दाजुभाइहरूलाई प्रेरित गर्ने कार्यक्रम र सहयोग गर्नै पर्छ। उनीहरूको उत्पादन वृद्धि भयो र लोकल बजारमा खपत गर्न सकियो भने भारतको तरकारी कम हुने थियो । भारतको तरकारी बेच्नेको दबदबालाई कमी ल्याउनै पर्छ ।
अहिले भारतबाट आउने तरकारीमा मात्र हामीले कमि गर्न सक्यौं भने बजारको पैसा भारत जानबाट रोकिने थियो । हाम्रा गाउँ ठाउँका उत्पादनलाई अगाडि बढाउने तर्फ म पुर्ण रूपले लागेको छु । यसमा स्थानीय सरकार पनि लाग्नुपर्छ । तुलसीपुर उपमहानगरपालिकामा कर्मचारी हेर्ने हो भने कुनै स्कुल कलेज जस्तो लाग्छ तर आम जनताले सरकार छ । हामीले स्थानीय सरकारबाट साथ र सहयोग पायौं भन्ने अवस्था छैन । हामीले तुलसीपुरको समग्र बजारको विकास र कृषक दाजुभाइहरूलाई अगाडि बढाउन तयार छौ ।
जिज्ञासु विद्यार्थीसंग तुलसीपुर उद्योग वाणिज्य संघको कार्यक्रम कस्तो हुन्छ ?
यस्तो कार्यक्रम निकै आवश्यक छ । पछिल्लो समय विद्यार्थी देशमा नबस्नु, अमेरिका, अष्ट्रेलिया, बेलायत, युके जस्ता देशमा गईरहेका छन् र नयाँ पुस्ताको पनि विदेशमै जानु पर्छ भन्ने सोचाई छ, जसले गर्दा अहिले बजारमा दक्ष जनशक्तिको निकै अभाव छ । जिल्ला भित्रै भने जस्तो जनशक्ति पाउन गाह्रो छ । विद्यार्थीसंग लेखा सम्बन्धित त्यस्तै बैंकिङ, वित्तीय संस्थालगायत अन्य विषयमा विद्यार्थीको चाहना अनुसार कार्यक्रम गर्न आवश्यक छ ।
तुलसीपुरमा नयाँ व्यवसायको अवस्था कस्तो छ ?
व्यवसायको सुरक्षा एउटा त विमा कम्पनी हो जसले विभिन्न क्षतिको राहत दिन्छ । यतिले मात्रै हुदैन सरकार नै कमजोर छ, बजारमा सिसि क्यामेरा छैन । लाईटहरू छैनन् । यसतर्फ स्थानीय सरकारले वेवास्ता गरेको छ । हामीले उद्योग वाणिज्य संघबाट अनुरोध गरिरहेका छौं यस विषयमा नेपाल राष्ट्र बैंकले पनि व्यवसायप्रति गम्भीर हुन आवश्यक छ । बैंकहरूले बचतमा धेरै ब्याज दिनाले हामी ऋणीलाई धेरै महंगो ऋण लिनुपरेका छ । बचतमा ५ प्रतिशत भन्दा माथिको ब्याज दिन आवश्यक छैन । तर यसमा नेपाल राष्ट्र बैंक जुन सरकारको पनि बैंक हो, जसले राम्रो निति बनाएर कार्यान्वयन गर्न सकेन । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १३ चैत्र २०७९, सोमबार १०:०२ बजे