दाङको सुनकोट पर्यटनकालागि नयाँ गन्तव्य

विमल योगी,
दाङ, १२ चैत्र ।
दाङको सुनकोट स्थित खड्गदेवी मन्दिर पर्यटनका लागि नयाँ गन्तव्य बन्न सक्ने देखिएको छ । घोराही उप–महानगरपालिका वडा नम्वर ५ स्थित प्रशिद्ध धार्मिक स्थल धारपानीको दक्षिण चुरे पहाडको टुप्पोमा रहेको उक्त मन्दिर प्राचिन एैतिहासिक र धार्मिक महत्वका हिसावले पर्यटनको नयाँ गन्तव्य बन्ने देखिएको हो ।

धारापानीदेखी करिव एक घण्टाको उकालो पैदल दुरीमा रहेको सुनकोटमा केही बर्षअघि मानववस्ती समेत रहेको र त्याँ खड्गदेवी मन्दिर स्थापना गरिएको मन्दिरका पुजारी रुपलाल डागीले जानकारी दिनुभयो । तराईमा औंलो लाग्ने भएकाले मानिसहरु नजिकका कोटहरुमा गएर वस्ने गर्थे ।

सशस्त्र द्धन्द्धको सुरुवात हुनुभन्दा अगाडी उक्त मन्दिरमा सामुहिक पुँजाआजा हुदै आएकोमा द्धन्द्धका कारण त्याँ रहेको मन्दिर जिर्ण भई भग्नाअवसेषमा परिणत भएको थियो । खड्गदेवी मन्दिरमा गरेको भाकल पुरा हुने बिश्वास रहदै आएकाले हाल सो मन्दिरको पुनःनिर्माण थालिएको छ ।

केही समय अघि मन्दिरको भग्नाअवशेष उत्खनन् गर्दा चाँदीका सिक्का र खुडा फेला परेको थियो । सोही आधारमा स्थानीय ढुंगाको प्रयोग गरि माटो र सिमेन्ट रहित तरिकाले मन्दिरको पुनःनिर्माण थालिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारपानीका सचिव विष्णुराम अचाार्यले जानकारी दिनुभयो ।

भक्तजनहरुको निजि लगानीमा निर्माण भैरहेको मन्दिरमा अन्य भौतिक संरचना निर्माणका लागि अन्य सरोकारवालासंग समन्यव समेत भैरहेको उहाँको भनाई छ । सुनको विकासका लागि ३१ क्वीन्टलको घण्ट स्थापना तथा धारपानीदेखी मन्दिर सुनकोट सम्म आउन चार हजार ९ सय ६३ वटा सिडि निर्माण गरिने छ ।


जस अनुसार करिव दुई सय बढि सिडि निर्माण समेत भैसकेको छ । सुनकोट मन्दिरको प्रचार प्रसार तथा व्यवस्थापनका सम्वन्धमा शनिवार मन्दिर परिसरमा भेला तथा मन्दिर पुजन कार्य समेत गरिएको छ । खड्गदेवी मन्दिर सुनकोट व्यवस्थापन समितिका संयोजक गजेन्द्र चौधरीको अध्यक्षता तथा धारपानी मन्दिरका व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले धारपानी,सुनकोट,सरिकोट र नेत्रलाल पार्कलाई एकआपसमा जोडेर सर्किटको रुपमा बिकास गर्न सकेको खण्डमा त्यसको क्षेत्रको पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने धारणा राखेका छन् ।

सुनकोटबाट दाङ उपत्यका,देउखुरी तथा भारतको तुल्सीपुर बजार तथा उत्तरी हिमसृखला समेत स्पष्ट देखिएकाले भएकाले त्यसको क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने उनिहरुको धारणा थियो । सुनकोटमा सडक,खानेपानी,बजिुली जस्ता पूर्वाधारको बिकास गर्न सकेमा छिट्टै सुनकोटले फड्को मार्ने बक्ताहरुको बिश्वास छ ।

समितिका सदस्य मोहन पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले धारपानीदेखी मत्था(देउराली) सम्म मोटरबाटो र मत्था देउरालीदेखी सुनकोट सम्म सिडी निर्माण गरेको खण्डमा धेरै पर्यटकको रोजाई बन्न सक्ने बताएका छन् । कार्यक्रममा समाजसेवी तिरन गौतम,विवेक श्रेष्ठ,लक्ष्मि अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन धारपानी मन्दिरका प्रेस संयोजक विमल योगीले गर्नुभएको थियो ।

यसैविच खड्गदेवी मन्दिर सुनकोटको पूर्वाधार विकासका लागि बिभिन्न व्यक्तीहरु आर्थिक सहयोग गर्नु भएको छ । जस अन्तरगत मोवाईल व्यावसायी समिति दाङका अध्यक्ष शालिकराम खनालले ५१ हजार,घोराहीकी तारा पुरीले पाँच हजार पाँच सय ५५,घोराही ६ का वडा सदस्य मोहन खड्काले पाँच हजार एक सय,धारापानी मन्दिरका लेखा तथा प्रशासन शाखा प्रमुख नरेश पौडेलले पाँच हजार पाँच,घोराहीकी रेखा केसीले पाँच हजार पाँच सय र घोराही ६ नम्वर वडाका कर्मचारी गंगु चौधरीले एक हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । यस्तै घोराही १७ का युवा नेता तथा समाजसेवी विवेक श्रेष्ठले मन्दिरको मुलद्धारा अगाडी २ वटा सिंहको मुर्ति स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

यसैविच शनिवार सुनकोटमा सम्पन्न भेलाले गजेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्सीय सुनकोट खड्गदेवी मन्दिर व्यवस्थापन तथा संरक्षण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बसन्ति चौधरी,सचिवमा शालिकराम खनाल,सहसचिवमा खुम बहादुर पुन,कोषाध्यक्षमा शिवराज पौडेल,सदस्यहरुमा बलिराम भुसाल गोपाल, कुमारी चौधरी,विष्णु कालाथोकी,मोहन पुन,कमल अधिकारी,शम्भु चौधरी,बसन्त चौधरी,गणेश वली र रेखा केसी रहनुभएको छ । भने संरक्षकमा विष्णुराम आचार्यलाई छनौट गरिएको छ ।