
रुकुम पूर्व, १६ कात्तिक ।
रुकुम पूर्व जोड्ने भुमे गाउँपालिका–१ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बेलुका भुमे–१ स्याबालस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत लुगुम–पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर र २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। मृतक दुवै एउटै घरकी जेठानी–देउरानी हुन्।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूमा लुगुमकै २६ वर्षीया प्रतीक्षा बुढा मगर, उनका ११ महिनाका छोरा सुभम बुढा मगर, २५ वर्षीया ब्युटी पुन मगर, उनकी २३ महिनाकी छोरी समृद्धि पुन मगर, र ३ वर्षका सक्षम घर्ती मगर रहेका छन्।
घाइते सबैलाई जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । १७ कार्तिक २०८२, आईतवार ०९:२२ बजे