लुम्बिनी सरकारबाट माओवादीले भोलि समर्थन फिर्ता लिने

बुटवल,८ चैत ।
लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार प्रदेशमा पनि नयां गठबन्धन सरकार बनाउन समर्थन फिर्ता लिन लागेको बताए । भोलिसम्म समर्थन फिर्ता लिएर सरकार ढाल्ने बरालले जानकारी दिए ।

लुम्बिनीमा एमाले नेतृत्को सरकारमा माओवादी केन्द्र, जसपा र जनमत पार्टी छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका छन् ।


उनीहरु सबै एमालेको विपक्षमा छन् । ८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भई माघ ५ गते विश्वासको मत लिएका थिए ।