दाङमा जनावरको २० किलो सुकुटी सहित विक पक्राउ

तुलसीपुर, ७ चैत ।
दाङमा जंगली जनावरको २० किलो सुकुटी बोकेर हिडिरेहका एक ब्यक्तीलाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विकले जनावरको सुकुटी बोकेर हिडिरहेको सूचना पाएपछि खोजतलास गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी लिएर हिडिरेहका विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरिएको हो ।


पक्राउ परेका विकलाई अनुसन्धानकालागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ ।