उत्कृष्ट बर्ष विद्यार्थीमा ज्ञानज्योतीका जेनिशा र दिपेन्द्र

तुलसीपुर,७ चैत । दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती माबिका विद्यार्थी दाङमा उत्कृष्ट बर्ष विद्यार्थीमा पर्न सफल भएका छन । एनप्याबसन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीहरुको प्रतियोगितामा ज्ञानज्योति माबिमा कक्षा १० मा अध्यनरत छात्रा जेनिशा सुवेदी दाङ जिल्ला प्रथम भएकी छन्, भने छात्रतर्फ दिपेन्द्र डाँगी द्धितिय भएकी छन् ।

एनप्याब्सन दाङले अंग्रेजी, नेपाली , गणित, बिज्ञान र सामाजिक गरि पाँचवटा बिषयमा गरेको प्रतिस्पर्धामा उनीहरु उत्कृष्ट हुन सफल भएका छन् । प्रतियोगितामा दाङका ३२ वटा बिद्यालयका ३२ छात्र र ३२ छात्रा सहभागी थिए ।


ज्ञान ज्योतिले अघिल्लो बर्ष एसइइमा दाङ जिल्ला प्रथम सहित उत्कृष्ट नतिजा ल्याएको थियो । यो बर्ष पछि उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको सहायक प्रधानाध्यापक मनोज केसीले बताए ।

केही समय अघि एक समाचार संस्थाले गरेको सर्वेक्षण अनुसार देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।