नेपाल कराते महासंघ लुम्बिनी प्रदेशको बैठक

लक्ष्मण बस्नेत
दाङ, ४ चैत ।
नेपाल कराते महासंघ लुम्बिनी प्रदेशको प्रथम बैठक शुक्रबार दाङको देउखुरीमा बसेको हो । महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले यहि चैत १० देखि १२ गते सम्म चितवनमा हुने नेपाल कराते महासंघको केन्द्रिय साधारणसभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशबाट मनोनित केन्द्रिय सदस्यका लागी हरि बहादुर घर्तीलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले अधिवेशन प्रतिनिधिमा संकर बिक,कृष्ण प्रसाद देवकोटा, बासुदेव बस्याल, मोलङ घर्ति मगर, कमला राणा र पर्वेक्षकमा केशवराज बिकलाई पठाउने सर्वसहमतिले निर्णय गरेको छ । साथै बैठकले अधिवेशन र अधिवेशनका अबसरमा हुने सातौ स्पोर्ट्स मिट कार्यक्रमलाई भब्य एवं सभ्य रुपले सम्पन्न गर्न केन्द्रिय निर्देशन अनुसार लुम्बिनी प्रदेशबाट १० जना सिनियर खेलाडीलाई सहभागी गराउने, महासंघको कार्यालय दाङमा स्थापना गर्ने लगाएतका निर्णय गरेको महासंघका अध्यक्ष पदम बहादुर बस्नेतले जानकारी दिनु भएकोछ ।


यसैबिच सोही अबसरमा २०२३ मार्च १ देखि ५ सम्म दुबईमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगिताका कास्य पदक बिजेता मोहलाल थापा मगरलाई सम्मान गरिएको थियो । त्यस्तै राप्ती गाउँपालिका कराते परिवारले नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको थियो ।