तीजमा मात्रै तुलसीपुरमा १११ सवारी कार्वाही

तुलसीपुर २७ भदौ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तीजको अवधिमा १ सय ११ सवारी कार्वाहीमा परेको बताएको छ । हिन्दु नारीहरुको महान चार्ड तीजको अवसरमा भदौको २२ गते देखि २६ गते सम्म १११ सवारी कार्वाहीमा पर्दा ६५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताए । तीन दिनको अवधिमा सबै भन्दा धेरै मोटरसाईकल मात्रै ४१ वटा कार्वाहीमा परेको प्रमुख पुजाराले जानकारी दिए ।


त्यसैगरी बस ८ वटा, ट्रक १० वटा, जिपकार १६, टे«क्टर १० र २६ वटा टेम्पो कारर्वाहीमा परेको प्रमुख पुजाराको भनाई छ । खासगरी लाईसेन्स विना सवारी चलाएको, कागजपत्र नबोकेको, क्षमता भन्दा बढि यात्रु बोक्ने, मोटरसाईकलमा दुईजना भन्दा बढि बसेका लगायत सवारी साधनलाई कार्वाही गरेको पुजाराको भनाई छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'