एक बर्ष पछि पुनः सुरु भयो घोराही–तुलसीपुर चारलेनको काम

तुलसीपुर, २६ भदौ ।

काम रोकिएको एक बर्ष पछि पुनः दाङको घोराही–तुलसीपुर चारलेन निर्माणको काम सुरु भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार लामो समयदेखि ठप्प रहेको चार लेन निर्माणको काम आज(शनिबार)देखि सुरु भएको हो ।

निर्माण कार्यको म्याद १७ महिना रहेकाले त्यो भित्र सक्ने गरि आफूहरुले काम अघि बढाएको निर्माण व्यबसायी सुनिल खत्रीले भने ।‘हामीसंग अब १७ महिनाको म्याद छ’, उनले भने‘त्यो बीचमा काम सक्ने गरि अघि बढेका छौं ।’ अहिले चारवटा प्याकेजमा काम अघि बढिरहेको उनले बताए । एक बर्षको बीच्मा निर्माण कार्य अधुरो हुँदा धेरै दुर्घटना भए । दुर्घटनामा चार जनाको मृत्यु समेत भएको थियो ।

सुरु–सुरुमा निकै निकै तिब्र गतिमा काम अघि बढेको थियो । तर, पछिल्लो एक बर्षयता काम ठप्प रहेको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले चारलेनको काम गर्ने ठेक्का पाएका थिए । पछिल्लो समय काम ठप्प भएपछि उनले हात झिकेका थिए । अष्ट भैरव कन्ट्रक्सन प्रालिको नामबाट पाण्डेले पेटि ठेकेदारका रुपमा काम गर्दै आएका थिए ।

No description available.

त्यही निर्माण कम्पनीलाई दुर्ण दुलाल, सुनिल खत्रीहरुले किनेर काम गर्न सुरु गरेका छन् । खासमा निर्माणको जिम्मा भारतीय तथ्य ईन्जिनिरिङ एण्ड इन्फ्रा प्राजेक्ट प्रालिले पाएको थियो । जससंग २०२१ अगस्तमा काम सक्ने सम्झौता थियो । तर, समयमा काम सकिने अबस्था भएन । त्यसपछि कोरोनाको कारण देखाउँदै एकसय ३ दिन र विद्युतका पोल, रुख हटाउन ढिला भएको भन्दै एकसय ४५ दिन म्याद थप गरिएको थियो । अब २०२२ जुन १९ मा काम सक्न पर्ने हुन्छ । तर, कामको प्रगती न्यून छ । २०७६ मंसिरदेखि सुरु भएको कामको अहिलेसम्मको प्रगति ६ प्रतिशत मात्रै रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए । अहिले समयमै काम सक्ने निर्माण व्यबसायीले प्रतिबद्धता जनाएका छन् ।


No description available.

लमही–तुलसीपुर भनिएपनि खासमा घोराहीको चारलेनको काम कुहिरेपानीदेखि मात्रै सुरु हुनेछ । लमही क्षेत्रमा बजेट थोरै तर, बन क्षेत्र भएकाले वातावरणीय प्रभाब मूल्यांकनलगायतमा खर्च धेरै हुने भएपछि कुहिरेपानीदेखि नै चारलेनको काम अघि बढाईएको हो । घोराहीको कुहिरेपानीदेखि तुलसीपुरसम्म चारलेन हुने छ । घोराहीको कटुवाखोलादेखि डिके पेट्रोपम्पसम्म यस अघि नै चारलेन छ ।

त्यसैले त्यो बाहेक डिके पेट्रोलपम्पदेखि सर्रा चोकसम्म, नारायणपुरको झारवैरा चोकदेखि खैरा चोकसम्म र दुधरासदेखि तुलसीपुरको हात्तिखौवा चोकसम्म मात्रै चारलेन हुनेछ । अन्य स्थानमा भने दुईलेन नै हुनेछ । भारतको एक्जिम बैंकको १ करोड २१ लाख अमेरिकि डलर लगानीमा २८ किलोमिटर सडक चारलेन हुन लागेको हो ।

No description available.