पश्चिम दाङका ‘डाक्टर’ भनेर चिनिने गुप्ताको निधन

तुलसीपुर, २९ फागुन ।
पश्चिम दाङका ‘डाक्टर’ भनेर चिनिने प्रकाश गुप्ताको निधन भएको छ । गुप्ताको तुलसीपुर स्थित आफ्नै घरमा सोमबार बिहान ५ः ४० बजे ७० वर्षको उमेरमा निधन भएको भागवत कमला पुरीले जानकारी दिनुभएको छ । उहाँ सुगर रोगबाट पीडित हुनुहुन्थ्यो ।

विगत लामो समयदेखि स्वास्थ्य सेवामा विशेष योगदान प्रदान गर्दै आउनु भएका, गुप्ता मेडिकल हल तुलसीपुरका संचालक तथा औषधि व्यवसायी संघ दाङका संस्थापक समेत हुनुहुन्छ । २०२८ सालबाट तुलसीपुर –१ भमकेमा औषधि व्यवसाय सुरु गर्नुभएका गुप्ता २०३२ सालमा तुलसीपुरमा सर्नु भएको थियो ।


दाङमा स्वास्थ्य क्षेत्रको विकास नहुँदासम्म दाङ सहित सल्यान, रोल्पा र रुकुमबाट नागरिकहरू उपचारका लागि गुप्ता मेडिकलमा आउने गर्थे । गुप्ताको जन्म २००९ सामा दाङको मानपुरमा भएको थियो ।