दाङमा एनसिएलका दुई टावरको विद्युत काटियो

दाङ, २९ फागुन ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले दुई वटा एनसिएल टावरको विद्युत काटेको छ । वितरण केन्द्रले हापुरेको र मोतिपुरको टावरको लाईन काटेको हो । विद्युतको बक्यौता रकम नबुझाएको भन्दै आईतबार ति टावरको लाईन काटिएको वितरण केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए ।

मोतिपुर टावरको ६ लाख ११ हजार ४ सय ९४ महशुल छ । जरिवाना सहित साढे ७ लाख भएको छ । सोही टावरको विद्युत महशुल नबुझाएको करिब दुई बर्ष हुन लागेको छ । त्यस्तै हापुरेको टावरले पनि दुई बर्षदेखि विद्युतको महशुल बुझाएको छैन । ५ लाख २० हजार ८ सय ५ रुपैँया बक्यौता छ, भने जरिवाना गर्दा साढे ६ लाख बढि हुन्छ ।


उनीहरुलाई पटक–पटक भाडा बुझाउन अनुरोध गर्दा पनि कुनै चासो नदिएपछि लाईन नै काटिएको हो ।