आज दाङ सहित तराइमा होली मनाइदै

तुलसीपुर, २३ फागुन ।
आज दाङ सहित तराइका जिल्लाहरुमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । हिजो पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइएको थियो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन रहेको छ ।

फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने गरीन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज तराईका जिल्लामा मनाउन लागीएको हो । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको भएपनी कतिपय ठाउँमा भने होली खेल्ने बहानामा विभिन्न किसीमका लुटपाट, दुव्र्यवहार लगायत सवारी दुर्घटना जस्ता घटनाहरु हुन सक्ने भन्दै सुरक्षित तरीकाले होली मनाउन प्रहरीले अनुरोध गरेको छ ।


होलीका नाममा हुन सक्ने सम्भावित घटना न्युनिकरणका लागी दाङमा झन्डै एक हजार प्रहरी तैनाथ अवस्थामा राखीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बिर बहादुर वलीले जानकारी दिनुभएको छ । साथै सान्ती सुरक्षामा खलल् नपुगोस भनेर दाङमा रेहका सम्पुर्ण प्रहरी युनिटहरुलाई एकदमै चनाखो भएर लाग्न निर्देशन दिएको समेत उहाँले बताउनुभएको छ ।

बजारमा जिङ्गल बजायर सुरक्षीत तरीकाले होली मनाउन नागरीकलाई सचेत गराउने काम गरीरहेको भन्दै प्रहरी प्रमुख वलीले सादा पोषाकमा समेत प्रहरी परीचालन गरीएको बताउनुभएको छ । इक्षा विपरीत कसैलाई टेरो आँखाले समेत हेर्न नमिन्ले भन्दै उहाले जथाभावी तरीकाले जवरजस्ती रङ्ग दल्नेलाई कानुन अनुसार कार्वाही गर्ने चेतावनी समेत दिनुभएको छ ।