तुलसीपुर,२१ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरामा अतिथि भवन निर्माण गर्नकालागि श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । सोमबारदेखि फागुन २८ गतेसम्म सप्ताह चल्नेछ ।
लक्ष्मी टोल थित शिव मन्दिरको आयोजनामा महायज्ञ हुन लागेको हो । बालव्रह्मचारी युवासन्त श्री स्वामी केशवाचार्य (सूर्यपार्की) ले काथा वाचन गर्नेछन् । सोमबार विहान ११ बजे शोभायात्रा, पूर्वाङ्ग तथा कथा प्रारम्भ हुने आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । महायज्ञमा भूमिदान,गोदान, दाल, चामल, बालभोग, राजभोग पनि गर्न सकिनेछ ।
महायज्ञमा मुलकर्ता बन्नकालागि ५१ हजार, बिशेष कर्ताकालागि २१ हजार, कर्ता बन्नकालागि ५ हजार १ सय, एक दिनको राजभोगकालागि ११ हजार, एक दिनको बाल भोगकालागि ५ हजार एकसय तोकिएको छ ।
मुल आयोजक समितिका संयोजक लोकराज डाँगीको अध्यक्षता तथा गुरु सूर्यपार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश केसी, प्रचार प्रसार समितिका संयोजक पूर्णविक्रम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मन्दिर ब्यबस्थापन समितिका सचिब डम्बर डाँगीले गरेका थिए ।
लाइभदाङ । २१ फाल्गुन २०७९, आईतवार १४:४१ बजे