वडाध्यक्षले आफै नदीजन्य पदार्थ उठाउन खोजेका थिएः शान्तिनगर गाउँपालिका

तुलसीपुर, २० फागुन ।  शान्तिनगर गाउँपालिका वडा नं.२ का वडाध्यक्ष सुनिल वलीले नदीजन्य पदार्थ ठेक्कामा नभई अमानतमा पाउनकालागि पटक–पटक दवाव दिने गरेको गाउँपालिकाले बताएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं.२ र ५ मा पर्ने बौलाह खोलाको विष्णुपुर घाटमा ठेक्का दिएपछि सिर्जना भएको विवादले उग्ररुप लिएर पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का माथि वडाध्यक्षले शुक्रबार हातपातको प्रयास गरेका थिए ।

घटना पछि गाउँपालिकाले विज्ञप्ति निकाली सोही क्षेत्रमा ठेक्का नभई अमानतमा आफूले नदीजन्य पदार्थ उठाउन पाउनु पर्ने माग राख्दै आएको खुलाएका छन् । पालिकाका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी र प्रबक्ता मिनबहादुर केसीले शनिबार बिज्ञप्ति जारी गरि सोही ठेक्का पछि पनि आफ्नो मान्छेलाई जागिर लगाउनकालागि दवाव दिएको समेत बताएका छन् । तर, पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित भएको भन्दै त्यो अस्वीकार गरेपछि विवाद सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।


वडाध्यक्षले गरेको यो ब्यबहार घृणित,अमर्यादित, असभ्य र निन्दनीय भएको घोरभ्रत्सना समेत गरिएको छ । साथै दोषीमाथि कडा कारवाहीको समेत माग गरेको छन् ।

No description available.