क्रिकेटका नयाँ प्रतिभा खोज्न ‘ज्ञानज्योति’ सक्रिय, जिल्ला स्तरीय प्रतियोगिता आयोजना

तुलसीपुर,१८ फाुगन । दाङको तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेशनको आयोजनमा विहीबारदेखि क्रिकेट प्रतियोगिता सुरु भएको छ । तुलसीपुरको अरणीको मैदानमा जिल्ला स्तरीय इन्टरकलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो । जसमा जिल्लाका १२ कलेजका विद्यार्थीले सहभागिता जनाएका छन् । जिल्लामा क्रिकेट प्रतियोगिता विरलै हुने गरेकाले यसलाई प्रोत्साहन गर्न क्रिकेट प्रतियोगिता आयोजना गरिएको कलेजका सीईओ सुरेन्द्र जीसीले बताए ।

प्रतियोगिताको तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले गरेका थिए ।त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले खेल क्षेत्रमा न्यून बजेट हुँदा समस्या हुने गरेको बताए । राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको उनको भनाई थियो । मुलुकलाई चिनाउने भनेको खेल क्षेत्र नै भएकाले यस तर्फ सबै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले निजि क्षेत्रले खेल क्षेत्रमा गरेको भूमिका अतुलनिय रहेको समेत बताए । ज्ञानज्योती एजुकेशन फाउन्डेसनले खेलकुद क्षेत्रमा गरेको लगानी र उपलब्धिको उच्च प्रशंसा समेत गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत मन बहादुर खड्का,जिल्ला खेलकुद बिकास समिति दाङका कोषाध्यक्ष ध्रुब आचार्य, एनप्याब्सन दाङका अध्यक्ष बिमल गौतम,जिल्ला क्रिकेट संघ दाङका कोषाध्यक्ष बालकृष्ण खत्री, जिल्ला युवा परिषद दाङका अध्यक्ष ऋषिराज लहरे अरुण,खेल पत्रकार लक्ष्मण बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका एजुकेसन कोर्डिनेटर शरद गौतमले धन्यवाद ज्ञापन गरेका थिए, भने सहजीकरण सोमराज बस्नेतले गरेका थिए । कलेज स्तरबाट क्रिकेट खेलको बिकास र बिस्तार गर्नकालागि प्रतियोगिता आयोजना गरिएको हो । साथै यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्ने समेत अपेक्षा लिईएको छ । प्रतियोगितामा बिजेताले नगद २५ हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद १५ हजार,ट्रफी,मेडल प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

ज्ञान ज्योति र महेन्द्रको विजय सुरुवात
आज भएको उद्घाटन खेलमा आयोजक ज्ञानज्योती कलेजले बिजयी सुरुवात गरेको छ । मेट्रो कलेज तुलसिपुर १२ हरिपौरी लाई १ सय १ रनले पराजित गर्दै ज्ञान ज्योतिले बिजयी सुरुवात गरेको हो । त्यस्तै राप्ती बबई क्याम्पस तुलसिपुरलाई २ सय ५२ रनको विशाल अन्तरले पराजित गर्दै महेन्द्र बहुमुखी क्याम्पस बिजयी भएको छ ।

प्रतियोगिता अन्तरगत भोलि(शुक्रबार) बिहानको पहिलो खेलमा माबी जजरागाउ घोराही र सिद्ध पृथ्वी श्रीगाउ भिड्नेछन् । खेल बिहान साढे ७ बजेदेखी सुरु हुने छ ।