साढे ५ बर्षमा घोराहीमा १४० किलोमिर सडक कालोपत्रे

तुलसीपुर,१८ फागुन ।
दाङको घोराही उपमहानगरपालिकाकाले पछिल्लो साढे पाँच बर्षमा १४० किलोमिटर सडक कालोपत्रे गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार उपमहानगरपालिकाले सडक स्तरोन्नतीलाई प्राथमिकता दिएको छ । साथै सोही अबधीमा १९० किलोमिटर ग्राभेल, १५२ किलोमिटर सडकको ट्रयाक खोलेको छ ।

त्यस्तै उपमहानगरपालिकाले ४२ किलोमिटर सडक मर्मत तथा सम्भार गरेको छ । त्यस्तै ६० किलोमिटर ढल तथा नाला निर्माण, मोटरेवल पुल तथा कल्भर्ट एकसय ३४ वटा,झोलुंगे पुल २ वटा, १९ वटा पार्क निर्माण, ३ हजार ४ सय घरधुरीलाई खानेपानी पु¥याएको समेत प्रमुख चौधरीले बताउनुभयो । त्यस्तै ४० वटा डिपवोरिङ निर्माण, ८५ वटा कुवा निर्माण समेत गरिएको छ । त्यस्तै उपमहानगरपालिकाले ४ वटा सार्वजनिक शौचालय, २ वटा बधशाला, ५ वटा दिप्सना भवन केन्द्र निर्माण गरिएको छ ।

त्यस्तै १४ वटा वडा कार्यालयको भवन निर्माण, दुईहजार तीनसय घरमा टिनको छाना लगाएको समेत प्रमुख चैधरीले बताउनुभयो । त्यस्तै १७ हजार हेक्टरमा बृक्षरोपन गरिएको, २८ किलोमिटर क्षेत्रमा नदी नियन्त्रण गरिएको, ६ सय ३५ हेक्टर क्षेत्रफलमा साना सिंचाई पु¥याएको, ५ किलोवाट जलविद्युत तथा बैकल्पिक उर्जा उत्पादन गरेको, ६८ किलोमिटर प्रशारण लाईन विस्तार गरेको समेत उहाँले बताउनुभयो ।


प्रमुख चौधरीका अनुसार ५ वटा सौर्य उर्जाको प्लान्ट जडान गरेको, २६ वटा पोखरी निर्माण गरेको, १३ वटा खेलकूद मैदान निर्माण गरेको,२ वटा रंगशाला, २ वटा पुस्तकालय, एउटा हाटबजार र एउटा मुक्त कम्लरी भवनको भौतिक पूर्वाधार निर्माण गरेको समेत उहाँले बताउनुभयो ।

उहाँले साढे पाँच बर्षमा थुप्रै भौतिक संरचना निर्माण भएको समेत बताउनुभयो ।“यस अघिको कार्यकालमा पनि म मेयर नै थिए, अहिले पनि म नै छु”, उहाँले भन्नुभयो“मेरो यो अबधीमा थुप्रै भौतिक पूर्वाधार विकासका कामहरु भएका छन् ।”