तुलसीपुरमा अटो दुर्घटना हुदा तिनजना घाइते

तुलसीपुर, १६ फागुन ।
दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा तिनजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ९ दोघरे निवासी २५ वर्षीय सन्तोष वली र तुलसीपुर ३ दमारगाउ निवासी ३६ वर्षीय केदार भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । यस्तै अटो चालक पनी घाइते भएको तर नाम ठेगाना भने पहिचान नभएको प्रहरीले बताएको छ ।


तुलसीपुर ३ दमारगाउबाट दोघरे तर्फ जादै गरेको रा १ ह ४०९९ नम्बरको अटो दमारगाउ नजिकै अनियन्त्रीत भइ पल्टिदा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।