श्रीमानको उपचारमा सहयोग गरिदिन चौधरीको अपिल

तुलसीपुर १४ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर निवासी आशा चौधरीले आफ्नो श्रीमान सन्तुराम चौधरीको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको लागि अपिल गरेकी छिन् । चौधरीका श्रीमान ३६ वर्षीय सन्तुराम चौधरी गत फागुन ५ गते घर बनाउने क्रममा तिनतले घरबाट खसेर घाइते भएका छन् । उनको ढाडको मेरुदण्ड भाच्चिएको छ भने दाहिने आँखा नजिकैको हड्डी पनि भाच्चिएको छ ।

घरको आर्थिक अवस्था एकदमै कमजोर भएका चौधरीले दैनिक ज्याला मजदुरी गरेर आफ्नो चार जनाको परिवार पाल्दै आएका थिए । आर्थिक अभावकै कारण फागुन ५ गते घर बनाउने क्रममा खसेका चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि १० गतेसम्म घरमै राखिएको थियो । अहिले भने गाउँघरमा चन्दा उठाएर श्रीमानलाई नेपालगञ्ज उपचारको लागि लगिएको छ ।

डाक्टरले आँखा नजिकैका हड्डी र मेरुदण्डको अप्रेशन गर्न करिब ६ लाख रुपैया लाग्ने बताएको चौधरीले जानकारी दिइन् ।


‘हाम्रो आफ्नो जग्गा जमिन पनि छैन्, ऐलानी जग्गामा बसेका छौ श्रीमान श्रीमती दिनभरी ज्यालादारी काम गरेपछि हाम्रो घरमा साँझ विहानको चुलो बल्थ्यो उनले भनिन् अहिले श्रीमान खसेर घाइते हुनु भएको छ, उपचार गर्ने पैसा छैन्’ । डाक्टरले छिटो पैसा जम्मा गर्नुस्, अप्रेशन गर्न ढिलो भएमा राम्रो हुँदैन भन्नु हुन्छ, हामीले पैसा जुटाउन नसकेर उपचार अगाडी बढाउन सकेका छैनौ, मेरो श्रीमानलाई बचाउन सहयोग गरिदिनुस् चौधरीले भनिन् ।

चौधरीलाई सहयोग गर्न चाहने व्यक्तिले राजु चौधरीको तुलसीपुर स्थित कुमारी बैंकमा रहेको खाता नं. १३९००९२३७४५००००१ मा पैसा जम्मा गरी सहयोग गर्न हुनेछ ।