तुलसीपुरबाट ७ सडक मानव उद्दार

निरला अर्याल
तुलसीपुर,१३ फागुन ।
तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने ७ जना व्यक्तिको उद्दार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरले सडक पेटीमा रात बिताउने व्यक्तिहको उद्धार गरिएको हो । दिउँसो समयमा उद्दारमा कठिनाइ हुने भएपछी रातको समयमा सडकमा आश्रित मानवहरुको उद्दार गरेर आश्रममा राखिएको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताईन् ।

मेची घर बताउने सन्तोष कुमार बुढाथोकी तुलसीपुर ५ बसपार्क को पिपल बोट मुनि सुतिरहेको अवस्थामा उद्वार गरिएको हो । बुढाथोकी ले आफ्नो परिवारमा आमा मात्र भएको बताएका छन् । पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मी श्रीमतीको को मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् । यस्तै ओम प्रकाश नाम बताउने व्यक्तिलाई घोराही रोड बाट उद्वार गरिएको छ ।

उनले बोकेको झोलामा औषधि छन् भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि छ । मानव सेवा आश्रममा जान नमानेका प्रकाशको अबस्था बुझ्दा उनी धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ ।


यस्तै घोराही रोड को सडक पेटीमा रात बिताउने अर्का एक पुरुष भने बोल्न सक्दैनन् । इसाराले बताउने उनले आफू सडकमा खुसी साथ बसेको संकेत गरे ।

तुलसीपुर १५ मानपुर घर बताउने गोपाल जिएम सल्यान छोरीको घरबाट आउँदा राती परेको हुनाले सडकमा बसेको बताएका छन् ।

तुलसीपुर(१० घर बताउने देवी खरेल र कोहलपुर घर बताउने प्रकाश थारु लाई मानसरोवर अगाडि बाट उद्दार गरिएको हो । उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ल, ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुसाललगायत थिए ।