त्रिसिद्देश्वरी यातायातमा पुनः हमाल, चौथो कार्यकाल सम्हाल्दै

तुलसीपुर,१२ फागुन । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा पुनः शुरेस हमाल निर्विरोध भएका छन् ।

हमाल यस अघि राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायी समिति हुँदा पनि अध्यक्ष थिए । सरकारले समितिलाई प्रालिमा ल्याएसंगै भएको दोस्रो अधिवेशनबाट पनि हमाल अध्यक्ष भएका छन् ।

यो संगै हमालको यो चौथो कार्यकाल हो । उनी त्यो भन्दा अघि लगातार चार कार्यकाल सचिब बनेका थिए । प्रालिको दाङ तुलसीपुरमा केन्द्रीय कार्यालय छ । हाल ४० भन्दा बढि जिल्ला तथा भारतमा समेत सेवा प्रदान गर्दै आएको छ ।


हाल प्रालिमा ५६५ भन्दा बढि साना, मझौता तथा ठूला गाडीहरु छन् । प्रालिले केही दिन अघि एयर सस्पेन्सन सिलिपर गाडी समेत भित्र्याएको छ ।