शाैच गर्न खाेलामा गएकाे बेला बगाउँदा दाङमा महिलाको मृत्यु

तुलसीपुर, १८ असार । दाङमा खाेलाले बगाउँदा  एक महिलाकाे मृत्यु भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा साेही वडाकाे रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएकाे हाे ।


मंगलबार दिउसाे खोला पार गर्ने क्रममा बगेर मृत्यु भएका उनकाे शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयाे ।

खेतमा काम गर्दै गर्दा शाैच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढी बगाउँदा महिलाको मृत्यु भएको हो । दाङमा नियमित बर्षाका कारण वर्षाका कारण खोलाहरूमा बाढी आएको छ ।