तुलसीपुरमा माटोको अम्लिय ६.३ भन्दा कम

दाङ, ८ फागुन ।
तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय ६.३ भन्दा कम रहेको पाईएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाईएको तुलसीपुर उपमहानगरपालिका कृषिमहाशाखा प्रमुख धनराज गौतमले बताए। त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिश गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार जति सिफारिश गरिएको हो, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रति कठ्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिश मात्रामा मात्रै प्रयोग गर्नुपर्छ ।

तुलसीपुरको मुख्य वाली धान
तुलसीपुरको मुख्यबालीको रूपमा धान रहेको छ । जहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरिन्छ, जसबाट सरदर ३५ हजार मेट्रिकटन धान उत्पादन हुने तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । तुलसीपुरमा १५ हजार २२७ हेक्टरमा खेति हुने गरेकोमा धान मात्रै १० हजार हेक्टर क्षेत्रफलमा खेति हुने गरेको छ ।

त्यस्तै तुलसीपुरमा वार्षिक ५ हजार हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिकटन मकै उत्पादन हुने गर्छ । त्यस्तै ३ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेति हुनेगर्छ । जसबाट ९ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै ६ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेति हुनेगर्छ । जसबाट ४ हजार मेट्रिकटन मसुरो उत्पादन हुने महाशाखा प्रमुख गौतमले बताए ।


त्यस्तै तुलसीपुरमा ३ हजार हेक्टर क्षेत्रफलमा तोरी खेति हुन्छ । जसमा २ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै १ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेति हुने गरेको तुसीपुरमा ४ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेति हुने गरेको तुलसीपुरमा उत्पादन भने १६ हजार मेट्रिकटन हुनेगर्छ । त्यस्तै तुलसीपुरमा एक हजार हेक्टर क्षेत्रफलमा आलु खेति हुनेगर्छ । जसमा ६ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ ।

तुलसीपुरमा कति रासायनिक मल आवश्यक
तुलसीपुरमा धान खेतिका लागि ३ हजार १ सय २२ मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । जसमा युरिया एक हजार ९ सय ५०, डीएपी ६ सय ६३, पोटास ५ सय ८ मेट्रिकटन आवश्यक पर्छ । मकैकालागि ९ सय ६९ मेट्रिकटन, गहुँकालागि एक हजार एकसय ९५ मेट्रिकटन, तरकारीकालागि ३ सय ३१ मेट्रिकटन र तोरीकालागि ६ सय ४४ मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । साभारः अग्रिम साप्ताहिक